आमाबाबु बन्दै जस्टिन र हेली

आमाबाबु बन्दै जस्टिन र हेली

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन्।

जोडीले एक भिडियो र तस्वीर इन्स्टाग्राममा शेयर गर्दै आफूहरु आमाबाबु बन्न लागेको जानकारी दिएका हुन्। तस्वीर र भिडियोमा २७ वर्षीया हेलीलाई सेतो लेस पहिरनमा देख्न सकिन्छ।

उनीहरुलाई अमेरिकी रियालिटी स्टार किम कार्दासियन र मोडल गिगी हदिदले इन्स्टाग्राममार्फत बधार्य दिएका छन्। हेली र ३० वर्षे जस्टिनले सन् २०१८ मा न्यूयोर्कमा निजी समारोहमा विवाह गरेका थिए।

भिडियोमा दुवैलाई रोमान्टिक भावमा चुम्बन गर्दै गरेको देख्न सकिन्छ। हेलीका प्रतिनिधिले हेली ६ महिनाको गर्भवती रहेको बताएका छन्। हेली अभिनेता स्टेफेन बेल्डविनकी छोरी हुन्। १३ वर्षमा गायक बनेका जस्टिन गीत ‘बेबी’, ‘लभ मी’ र ‘यमी’का कारण विश्वमाझ चर्चित बने। हेली स्किनकेयर लाइन रोधेकी संस्थापक पनि हुन्।

गत वर्ष रामसे हन्ट नामक अनुहारको पक्षघात हुने रोगका कारण जस्टिनले विश्वव्यापी गर्न लागेको ‘जस्टिस’ टुर रद्द गर्नु परेको थियो।

Skip This
Logo