राखी सावन्तको गर्भाशयमा ट्युमर

राखी सावन्तको गर्भाशयमा ट्युमर

केन्द्रबिन्दु
98
Shares

मुम्बई । बलिउडकी ‘ड्रामा क्वीन’ अर्थात अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तलाई गर्भाशयमा ट्युमर भएको छ। उनी अहिले मुम्बईस्थित एक अस्पतालमा उपचाररत छिन्।

राखीका पूर्व पति रितेश सिंहका अनुसार राखीलाई गम्भीर हृदयको समस्या भनिए पनि उनको गर्भाशयमा ट्युमर देखिएको छ। राखीलाई गत मे १४ मा अस्पताल भर्ना गरिएको थियो। अस्पतालको शैय्यामा सुतिरहेकी राखीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

रितेशले पेट र छातीमा दुखाई भएपछि राखीलाई अस्पताल भर्ना गरिएको बताए। ‘उनको कैयौं टेस्ट भए र त्यसको नतिजाको प्रतिक्षा गरिरहेका छौं। डाक्टरले सर्जरीको सुझाव दिएका छन्। तर उनलाई क्यान्सर भएको हो वा होइन भन्ने डाक्टरले अनुसन्धान गरिरहेका छन्’, रितेशले भनेका छन्।

रितेशले राखीले बनाएको अनौठो छविका कारण पनि मानिसहरु उसको कुरा पत्याउन छोडेको बताए। ‘तर यो मजाकको विषय होइन। मानिसले उनलाई ड्रामा क्वीन भने पनि अहिले उनी गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छिन्’, उनले भनेका छन्।

Logo