शाहिद कपूर र करिना कपूर खान कुनै समयका लोकप्रिय जोडी हुन् । अझै पनि यी दुईको रिलेसनसिप बारे चर्चा भइरहन्छ । हालै शाहिदले करिनासँग फिल्म ‘जब वी मेट’को सुटिङको क्रममा भएका रोचक कुराको खुलासा गरेका छन् ।
हुनत ब्रेकअप पछि उनीहरु दुवै आ–आफ्नो जिन्दगीमा रमाईरहेका छन् । अहिले उनीहरु दुवै विवाह गरेर आफ्नै दुँनियामा रमाइरहेका छन् । शाहिद कपूरले मिरा राजपुतसँग बिबाह गरे भने करिना कपूरले सैफ अलि खानसँग बिबाह गरिन् । बे्रेकअप पछि पनि दुवैले प्रोफेसनल लाइफ भने मेन्टेन गरिरहेका छन् । दुवैले फिल्म ‘उडता पञ्जाब’ मा स्क्रिन सेयर गरेका छन् ।
दुवै विवाह गरेर आ–आफ्नो लाइफमा व्यस्त भएता पनि अझै उनीहरुको रिलेसनसिपका बारेमा धेरै चर्चा हुने गर्दछ । फिल्मको प्रमोसनका क्रममा उनीहरुलाई सोधिने एउटै प्रश्न हो, उनीहरुको रिलेसनसिप । मिडियाहरुले गर्ने यस्ता प्रश्नहरुबाट बच्न हर प्रयास गर्छन् उनीहरु । हालै फिल्म अभियानको क्रममा शाहिदले यस्तै प्रश्नको सामना गर्नुपर्यो ।
इम्तियाज अलिको फिल्म ‘जब वी मेट’ उनीहरुको सुपरहिट फिल्म थियो । यस फिल्ममा सुटिङको क्रममा भएको रोचक कुराको खुलासा गर्दै उनले भनेका छन् । यसै फिल्मको एक सिन थियो । यस सिनमा शाहिद बिछोडको पिडामा हुन्छन् । उनले करिनासँग साथ आउनको लागि अनुरोध गरिरहेको हुन्छ । करिनाले उनको कुराको विरोध गर्छ । जसको कारण शाहिदको अनुहारमा धेरै मिश्रित भावनाहरु मिसिएको हुन्छ ।
शाहिद भन्छन्, यदि यो सिनलाई आज भन्दा १५ बर्ष पछि पनि हेरियो भने यो सिनलाई राम्रो सिनको क्याटेगोरीमा राख्न सकिन्छ । यो सिन धेरैको लागि यादगार सिन हो । शाहिदले पुरानो दिन सम्झदै भने । त्यो दिन उनको लागि खराब थियो । त्यो सिन उनीहरुले सेड्युलको अन्तमा सुट गर्नु थियो ।
उक्त सिनमा शाहिदले इमोसनल महसुस गर्नु पर्ने थियो । तर, उनले इमोसनल महसुस गर्न सकिरहेका थिएनन् अनुहारमा दःुखको भाव ल्याउन सकिरहेका थिएनन् । शाहिदलाई यो सिन दर्शकहरुले निकै मनपराउँछन् भन्ने त थाहा थियो तर उनले आफ्नो इमोसन कन्ट्रोल गर्न सकिरहेका थिएनन् । यस्तो कहिलेकाही कलाकारसँग हुने गर्छ, उनलाई थाहा थियो ।
फिल्म निर्देशक इम्तियाजले उसँग कुरा गरे र वाक मा लिएर गए । उनीहरु त्यतिबेला मनालीमा थिए । त्यतिबेलासम्म शाहिद हरेक काममा तयारीसाथ उपस्थित हुन्छु भनेर आफुलाई गर्वित महसुस गर्थे ।
इम्तियाजले शाहिदको काँधमा हात राख्दै भनेका थिए, ‘तिमीलाई थाहा छ ? तिमी एक राम्रो एक्टर हौ । तर यसबारेमा तिमी सोच्न बन्द गरिदेऊ । यो मेरो मनपर्ने सिन मध्ये एक हो ।’ तर शाहिदलाई यस सिनको पुरा गर्न धेरै मुश्किल भएको थियो ।
शाहिद र करिना फिल्म ‘फिदा’ को सुटिङको क्रममा उनीहरु नजिकिएका थिए । उनीहरुका चुप चुप के, मिलिङ्गे मिलिङ्गे, थ्रटी सिक्स चाइना टाउन, जब वी मिट जस्ता फिल्म हिट भए ।































प्रतिक्रिया