पुस १० गतेदेखि सिनेमा हल खोल्ने चलचित्रकर्मीहरूको घोषणा

पुस १० गतेदेखि सिनेमा हल खोल्ने चलचित्रकर्मीहरूको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चलचित्रकर्मीहरूले आगामी पुस १० गतेदेखि चलचित्र हल खोल्ने घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण त्रासका कारण गत चैत्रमा गरिएको लकडाउनसँगै बन्द रहेको चलचित्र क्षेत्र अब चलायनमान हुनु पर्ने चलचित्रकर्मीहरूको माग छ ।

सरकारले तत्काल हल खोल्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन । बारम्बार सिनेमा हल खोल्न अनुरोध गरे पनि सरकारले चासो नदिएपछि नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने निर्णय गरेको हो । संघले आज एक पत्रकार सम्मेलन गर्दै सरकारलाई दबाब दिन निर्णय गरिएको जानकारी दिएको हो । महामारीका कारण सबैभन्दा बढी चलचित्र क्षेत्र प्रभावित भएको भन्दै संघले सरकारलाई दबाब दिन हल खोल्ने निर्णय गरिएको संघका अध्यक्ष मधुसूदन प्रधानले बताए ।

वर्तमान समयमा लकडाउन पूर्णरूपले हटाई मुलुकभर हवाई यातायात, बस व्यवसाय, होटल, रेस्टुरेन्ट, मन्दिर, चिडिया घर, व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्णरूपमा सञ्चालनमा आइसकेको तर चलचित्र क्षेत्र अझै बन्द गरिएको भन्दै आक्रोश व्यक्त गरे । चलचित्र हल सञ्चालनका लागि चलचित्रकर्मीहरूले यसअघि पटक पटक सरकारसमक्ष आग्रह गरे पनि सरकारले आजसम्म पनि चलचित्र हल सञ्चालन गर्ने विषयमा चासो नदेखाएको चलचित्रकर्मीहरूको गुनासो छ ।

सरकारले चासो नदिँदा बाध्य भएर स्वास्थ्य मापदण्ड अपनाउँदै पुस १० गतेदेखि हल सञ्चालन गर्ने नेपाल चलचित्र संघले जनाएको छ । जसमा, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्र घाषणा गर्नु पर्ने, चलचित्र घर सञ्चाल नभएको अवधिको विद्युत महसुुलको डिमान्ड चार्ज पूर्ण मिनाहा, चलचित्र क्षेत्रमा मौद्रिक नीतिको पूर्ण कार्यान्वयन, चलचित्र प्रदर्शन व्यवसायलाई उद्योगकको मान्यता, मनोरञ्जन करको खारेजी, दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धीकर मिनाहा, चलचित्र विकाश शुल्क खारेजी, बाँकी बक्यौतामा कर तथा शुल्कहरू ०७८ आषाढ मसान्तसम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरूमा मन्सार महसुल छुट जस्ता माग संघले अघि सारको छ ।

 

Skip This
Skip This
Logo