लिवुड फिल्म धडकको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ती

लिवुड फिल्म धडकको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ती

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । बलिवुडका फिल्म निर्माता एवम निर्देशक करण जोहरले फिल्म धड्कको सिक्वेलको घोषणा गरेका छन्। यो फिल्म ‘धडक २’ हुनसक्छ जुन सन् २०१८ मा जान्हवी कपुरको फिल्मको स्ट्यान्डअलोन सिक्वेल हुनेछ।

यो फिल्म मार्फत ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी पहिलो पटक करण जोहरसँग काम गर्दैछिन्। फिल्म ‘गली ब्वाई’ फेम सिद्धान्त चतुर्वेदी तृप्तीको अपोजिटमा देखिनेछन्।

फिल्म धर्मा प्रोडक्सन, जी स्टुडियो र क्लाउड ९ पिक्चर्सको सहकार्यमा निर्माण हुन लागेको हो। यो वर्ष यो नोभेम्बर २२ मा रिलिज हुने छ।

निर्माण पक्षले फिल्मको सेनेटिक १ मिनेटको टिजर सार्वजनिक गरेको छ। फिल्मको टिजरबाट कथा प्रष्ट हुन्छ। योसँगै यो फिल्म ‘धडक’ को सिक्वेल हो भन्ने थाहा भएपछि फेरि एकपटक दुई प्रेमी–प्रेमिका परिवारका लागि लड्ने देखिएका छन्।
‘धडक’ मराठी फिल्म ‘सैराट’ को रिमेक थियो।

श्रीदेवीकी छोरी जान्हवी कपुरले सन् २०१८ मा ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। जसमा उनको अपोजिट इशान खट्टर देखिएका थिए। फिल्मको पछाडि शशांक खेतान र निर्माता करण जोहर थिए।

यो २०१६ को मराठी फिल्म ‘सैराट’ को रिमेक थियो। ४१ करोडमा बनेको यो फिल्मले बक्स अफिसमा ११० करोड कमाएको थियो।

Logo