सोनाक्षी र जहीरले कोर्ट म्यारिज गर्ने

सोनाक्षी र जहीरले कोर्ट म्यारिज गर्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले जुन २३ मा अभिनेता जहीर इकबालसँग विवाह गर्ने भएकी छन्।

दुवैले कोर्ट म्यारिज गर्ने मिडिया रिपोर्टमा बताइएको छ। त्यसपछि सोही दिन साँझ मुम्बईको दादरस्थित बास्टन रेस्टुरेन्टमा रिसेप्शन पार्टी हुनेछ।

मिडिया रिपोर्टका अनुसार जुन २२ मा इन्गेजमेन्ट हुने र अर्को दिन विवाह र साँझ रिसेप्शन हुने छ।

जहीरले आफ्नो र सोनाक्षीको विवाहको पहिलो निमन्त्रणा सलमान खानलाई पठाएको उनका मेकअप आर्टिस्टले बताएको रिपोर्टमा उल्लेख छ।

सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन्। दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो। केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए।

Skip This
Skip This
Logo