काठमाडौं । माग्ने बुढा कहिले स्टेजमै जितु नेपाल मुन्द्रेको लात्ती खादैछन् । कहिले केकी अधिकारी र दिपाश्री निरौलाको हातको प्वालबाट केही हेदैछन् । एकातिर दर्शक तथा पत्रकार उल्लेख्य संख्यामा छन्, अर्कोतिर उनीहरु स्टेजमै चर्तिकला देखाउँदैछन् ।

उनी यो सबै अब बन्न लागेको चलचित्र छ माया छपक्कैको लागि गरिरहेका हुन् । सोमबार काठमाडौंमा आयोजित छ माया छपक्कै चलचित्र घोषणा कार्यक्रममा कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, केकी अधिकारी लगायतले यस्तै यस्तै खालको प्रस्तुति दिईरहेका थिए ।

दिपेन्द्र लामाले निर्देशनमा बन्न लागेको चलचित्रमा केकी अधिकारी, दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । निर्देशक लामाले यस अघि चलचित्र ‘घाम पानी’ निर्देशन गरिसकेका छन् । केकी र दिपेन्द्र लामाको यो दोस्रो सहकार्य हो ।

चलचित्र ‘छ माया छपक्क’ आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसले मिलेर निर्माण गर्न लागेका हुन् । ‘छ माया छपक्कै’ ले चलचित्र ‘छक्का पञ्जा’ को रेर्कड समेत तोड्ने दिपकराज गिरीले बताए ।यो चलचित्र कमेडी जनारामा निर्माण हुनेछ ।

जेठबाट छायांकन सुरु हुने चलचित्र ‘छ माया छपक्कै’ आउँदो दशैंमा प्रदर्शनमा हुने बताइएको छ । दिपाश्री निरौला भने निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् ।
































प्रतिक्रिया