चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि यस चलचित्रको घोषणा गरिएको हो । दिपेन्द्र लामाले निर्देशन गर्न लागेको उक्त चलचित्रमा केकी अधिकारी, दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । निर्देशक लामाले यस अघि चलचित्र ‘घाम पानी’ निर्देशन गरिसकेका छन् । केकी र दिपेन्द्र लामाको यो दोस्रो सहकार्य हो ।
चलचित्र ‘छ माया छपक्क’ आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसले मिलेर निर्माण गर्न लागेका हुन् । ‘छ माया छपक्कै’ ले चलचित्र ‘छक्का पञ्जा’ को रेर्कड समेत तोड्ने दिपकराज गिरीले बताए । यो चलचित्र कमेडी जनारामा निर्माण हुनेछ ।
जेठबाट छायांकन सुरु हुने चलचित्र ‘छ माया छपक्कै’ आउँदो दशैंमा प्रदर्शनमा हुने बताइएको छ । दिपाश्री निरौला भने निर्देशन सल्लाहकारको रुपमा रहेकी छन् । उक्त फिल्म निर्माणको घोषणामै कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए । थप भिडियोमाः































प्रतिक्रिया