सामाखुसीमा खुल्यो नयाँ फिल्म हल

सामाखुसीमा खुल्यो नयाँ फिल्म हल

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । काठमाडौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रूपमा सिनेमा हलको उद्घाटन गरेका हुन् ।

तीनवटा पर्दा रहेको सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्छन् । सिटी स्क्वायर मलको नवौँ तल्लामा खुलेको हलको ११ औँ र १२ औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नुपरेको खण्डमा कसमी बार एण्ड लाउन्ज समेत सञ्चालनमा ल्याइएको छ भने हरेक पर्दामा सोफा सेटसहित सुतेर समेत सिनेमा हेर्ने सिटहरू जडान गरिएको छ ।

हलका सवै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको सञ्चालक सुमित मैनालीले दावी गरेका छन् ।

कार्यक्रममा हल उदघाटन गर्न पुगेका कलाकर्मीहरूले पनि साउन्ड क्वालिटी र प्रोजेक्सनको खुलेर तारिफ समेत गरेका थिए । करिब १८ करोडको लागतमा निर्माणमा ल्याइएको यो सिनेमा हललाई नेपालकै अग्रडी मल्टीप्लेक्स चेन क्यूएफएक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिँदै देशभर आफ्नो हल संख्या १७ वटा पुर्‍याएको छ ।

सामाखुसीलाई सेन्ट्रल बनाएर हेर्दा यो हलमा सिनेमा हेर्नका लागि टोखा, गंगबु, बुढानिलकण्ठ तथा नारायणगोपाल चोकका दर्शकलाई पायक पर्ने क्युएफएक्सले दावी पनि गरेको छ ।

Skip This
Skip This
Logo