बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नं १’ निर्माण हुने

बाल मनोविज्ञानमा आधारित फिल्म ‘रोल नं १’ निर्माण हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरूलाई पढाइरहेकी एक शिक्षिकालाई देख्न सकिन्छ ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ । यो व्यानरको अर्को फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सुटिङ पूरा भई यतिबेला पोस्ट प्रोडक्सनमा छ ।

Logo