‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम गरि ‘दाल भात तरकारी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको गीतमा हरिवंश आर्चायको शब्द र सम्भुजित बास्कोटोको संगीत रहेको छ । उक्त गीतमा आँचल शर्मा, पुष्प खड्का, हरिवंश आर्चाय र निरुता सिंहलाई फिचरिङ गरिएको छ । महसञ्चारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रलाई उनको छोरी सुधन केसीले निर्देशन गरेका छन् । चलचित्रमा आँचल शर्मा, पुष्प खड्का, निरुता सिंह, हरिवंश आर्चाय लगायतको मुख्य भूमिका रहेको छ ।

हरिवंश आर्चायको कथा, मित्र डि गुरुङको सम्पादन र दीर्घ गुरुङको सिनेमेटोग्राफी रहेको यस चलचित्र बैशाख २० गते देखि प्रदर्शनमा आउँदैछ ।

Logo