चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक गरिएको हो ।
अभिनेता श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको पुरानो चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ को रिमेक भर्सन सार्वजनिक गरिएको हो । श्रीकृष्ण श्रेष्ठ फिर्चड गीत ‘चट्ट रुमाल’ दशक अघिको निकै चर्चित गीत हो । श्रेष्ठको मृत्यु २०७२ साल साउन २४ गते भएको थियो ।
मंगलबार गीत सार्वजनिक कार्यक्रममा चलचित्र ‘यात्रा’ को टीमले अभिनेता श्रीकृष्ण श्रेष्ठले नेपाली चलचित्र जगतमा गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरेको थियो । श्रीकृष्णलाई प्रदान गरिएको सम्मान स्वेता खड्काले ग्रहण गरेकी थिईन् ।
कार्यक्रममा श्रेष्ठकी श्रीमती स्वेता खड्का पनि उपस्थित थिइन् । श्रीमानलाई यति धेरै माया र सम्मान दिएको देखेर स्वेताको आँखा समेत रसायो । आफ्नो श्रीमानलाई सम्झिदैं निकै भावुक बनेकी थिईन् ।
‘चट्ट रुमाल’ रिमेक भर्सनमा मेलिना राई र धर्मेन्द्र सेवनले स्वर दिएका छन् भने बाबुराम दाहालको शब्द रहेको छ । सम्राट शाक्यको निर्देशन, लेखन तथा पटकथा रहेको चलचित्रमा सलिनमाब बानिया, सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्रचार्य, जान्वी बस्नेत, विशाल कटुवाल, प्रकाश अधिकारी, धिरेन शाक्य, बिन्दा खतिवडा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यात्रा चैत्र २९ गते देखि प्रर्दशनमा आउँदैछ ।































प्रतिक्रिया