कम्युनिस्ट आन्दोलनका अगुवा श्रेष्ठको निधन

कम्युनिस्ट आन्दोलनका अगुवा श्रेष्ठको निधन

केन्द्रबिन्दु
0
Shares

नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन भएको छ। ८७ वर्षीय श्रेष्ठको शनिबार दिउँसो काठमाडौं शंखमूलस्थित आफ्नै निवासमा निधन भएको हो ।

श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता हुन् ।  साथै उनी दर्शनको ब्याख्याता समेत हुन्। उनले कम्युनिस्ट आन्दोलन र दर्शन सम्बन्धी थुप्रै पुस्तकको लेखन र  अनुवाद गरेका छन् ।

Logo