इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम शुरु

इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम शुरु

केन्द्रबिन्दु
28
Shares

इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल शुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

मे २ देखि सेप्टेम्बर २५ (बैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो ।

कार्यक्रमले प्रमुख आठ स्थानहरूः काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ ।

योर पेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको पहल हो । यो निःशुल्क तालिम कार्यक्रमले समुदाय भित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरुलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ ।

यो कार्यक्रमले सहभागीहरूलाई दौड प्रशिक्षण र समर्थन प्रदान गरेर शारीरिक र मानसिक रूपमा आफूलाई विकास गर्न साथै व्यक्तिगत कल्याणको लागि होस् वा खेलकुदमा करियर बनाउनको लागि सशक्त बनाउने प्रयास गर्नेछ । “योरपेस किप फिट सर्किट नेपाल“ तालिम सबैका लागि पहुँचयोग्य बनाउन इन्ड्राइभ प्रतिबद्ध छ । यो तालिमले विशेष गरी यस्ता अवसरहरू हासिल गर्नसक्ने अवस्था नरहेका व्यक्तिहरुका लागि समावेशीता र सहभागिता सुनिश्चित गर्दछ ।

इन्ड्राइभ सबैका लागि समावेशी र पहुँचयोग्य अनुभव प्रदान गर्न समर्पित छ, विशेष गरी बालबालिका र धावकहरूका लागि जोसँग अन्य अवस्थामा त्यस्ता अवसरहरूमा पहुँच नहुन सक्छन् । कार्यक्रमको एक भागको रूपमा सहभागीहरूले ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् ।

प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

इन्ड्राइभका हेड अफ स्पोर्ट, अन्ना फेडोरचुकले भनिन्, “हामी गत वर्षदेखि यो सहकार्य जारी राख्न पाउँदा र यो असाधारण कार्यक्रम पुनः प्रस्ताव गर्न पाउँदा खुसी छौं । हाम्रो लक्ष्य मानिसहरूलाई स्वास्थ्य र फिटनेसमा प्रेरित गर्नु र त्यसको लागि सशक्त बनाउँदै समान सोच भएका उत्साही मानिसहरुको समुदाय निर्माण गर्नु हो ।” योरपेस किप फिट सर्किट नेपालको लागि दर्ता खुला भएको छ ।

Skip This
Logo