राइटपाथले यही वैशाख २९ गतेदेखि ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने

राइटपाथले यही वैशाख २९ गतेदेखि ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । काठमाडाैंकाे पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले यही बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने भएको छ ।

विगतका वर्षहरुमा पनि सोही संस्थाले यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्दै आएको छ । अहिले सुरु हुन लागेको कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरुमा सम्पन्न हुनेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ् तथा ८ गते ललितपुरमा सम्पन्न हुने तालिका रहेको छ ।

यी हुन् कन्क्लेभ लक्षित अफरहरु

एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरुको पनि व्यवस्था गरिएको छ ।

त्यस्तै, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्न सकिने व्यवस्था गरिएको छ । २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै छानामुनी भेट्न सक्नेछन् ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने,‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ । उनले विद्यार्थीहरुलाई परिक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परिक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन् ।

त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने उनले बताएका छन् ।

Skip This
Logo