काठमाडौं । अभिनेत्री बर्षा राउत र अभिनेता सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । आउँदो फागुन दुई अर्थात भ्यालेन्टानई डे का दिन वैवाहिक बन्धनमा बाधिन लागेका बर्षा र सन्जोगले सोमबार बेलुका इन्गेजमेन्ट गरेका हुन् ।
उनीहरुले पारिवारिक समारोहकाबिच बिहेको कुरा औपचारिक रुपमा पक्का गरेका हुन् । लामो प्रेम सम्बन्धपछि बर्षा र सन्जोगले विवाह गर्न लागेका हुन् ।

सन्जोग र वर्षा दुवै जनाले इन्गेजमेन्टको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेृका छन् । सन्जोगले तस्बिर पोस्ट गर्दै सबैका कथा सुन्दर हुने तर आफ्ना लागि आफूहरुको मन पर्ने उल्लेख गरेका छन् ।

त्यस्तै बर्षाले पोट गरेको फोटोमा उनी लजाएकी छन् । सन्जोग भने मुस्काएका छन् । बर्षाले लाजले हाँस्दैं निहुरिएर अनुहार छोपेकी छन् ।































प्रतिक्रिया