चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले किन दिईन राजीनामा ?

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले किन दिईन राजीनामा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएकी हुन् ।

उनले ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनेर यस्तो निर्णय गरेको विज्ञप्ती मार्फत जनाएकी छन् ।

२०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी उनी चर्चित सञ्चारकर्मी रबि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिईन् । नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने अवसर आफुलाई प्राप्त भएको उनले बताएकी छन्।

यसअघि सूचना तथा सञ्चारमन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो । चौमासिक समीक्षा बैठकमा पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण माग गरिएको थियो ।

सञ्चारमन्त्री गोकुल बास्कोटाको उपस्थितिमा मन्त्रालयले गत आइतबार आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो ।

बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान, बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए । तर विकास बोर्डकी अध्यक्ष पौडेल भने अनुपस्थित भईन् ।

आफ्नो तीन महिनाको तलब उनका श्रीमान रवी लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएकी छन् । आफ्नो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालकालागि समर्पित गर्ने समेत बताएकी छन्।

बैबाहिक सम्बन्ध गाँस्दै रबि लामिछानेले भने- ‘हामी एकदम खुशी छौ’

 

Logo