काठमाडौं । सिनेमा ‘प्रेमलीला’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दुई देशका यूवा–यूवतीविचको प्रेम कथामा तयार भएको यस सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
सिनेमामा चन्दन दत्त र सालिक दुलालको सम्पादन, पवन गौतमको छायांकन, रामजी लामिछाने र यूवराज वाइवाको कोरियोग्राफी, रायवन थापाको एक्सन छ ।
यस सिनेमामा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका छ । सिनेमामा नायिका खड्कालाई दर्शकले २ अवतारमा देख्न पाउनेछन् ।
फिल्म फागुन १० गतेबाट प्रदर्शनमा आउँदैंछ । यस सिनेमामा कलाकार दीपशिखा खड्काको कथा, पटकथा तथा संवादमा रहेको छ ।































प्रतिक्रिया