धडक गर्ल जान्हवी कसलाई डेट गरिरहेकी छिन् ? खोलिन रहस्य

धडक गर्ल जान्हवी कसलाई डेट गरिरहेकी छिन् ? खोलिन रहस्य

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी जान्हवी फिल्म आउनुअघि देखि नै कुनै न कुनै बाहानामा मिडियामा छाइरहन्थिन् । उनको ‘धडक’ फिल्म ब्लकबस्टर भयो ।

उसको चर्चा मिडियामा किन पनि गरिन्थ्यो भने उनी पहिलो महिला सुपरस्टार श्रीदेवी र निर्माता बोनी कपुरको छोरी हुन् । उनलाई भविष्यको सुपरस्टारको नजरले पनि हेरिन थालिएको छ । छोटो समयमा नै उनले बलिउडमा आफुलाई स्थापित गराउन सफल भइन ।

यसै बर्ष बलिउडमा प्रवेश गरेकी उनलाई मिडियाले निकै ‘फलो’ गर्छन् । उनलाई फिल्मको बारे भन्दा पनि उनको पर्सनल लाइफलाई लिएर धेरै नै चर्चा हुने गर्छ । उनी कहाँ जान्छिन्, के गर्छिन्, को सँग भेट्छिन् ? आदि ।

धडक फिल्मको को–स्टार ईशान खट्टरसँग जान्हवी कपुरको नाम जोडिने गरेको छ । फिल्ममा स्क्रिन सेयर गरेकी ईशानसँग धेरैपटक सँगै देखिए । उनीहरु दुवैलाई मिडियाले धेरै पटक एकैसाथ क्यामेरामा कैद गर्न भ्याएका छन् । उनीहरु फिल्मको सुटिङ सकिएपछि पनि सँगै दखिए, कहिले डबिङमा कहिले फिल्मको प्रमोसनमा ।

त्यसपछि पनि कहिले रेष्टुरेन्टमा त कहिले जिम हलमा व्यायाम गर्दै गरेको भेटिए । उनीहरु यस फिल्मको सुटिङको क्रममा निकै नजिक आएको कुरा विभिन्न सञ्चार माध्यमले बताउदै आएका छन् तर हालै जान्हवीले यो कुरालाई खण्डन गरेकी छिन् । एक इन्टरभ्युको क्रममा जान्हवीले आफ्नो रिलेसनसिपको बारेमा बताएकी हुन् ।

जान्हवीले भनेकी छिन्, उनको घरमा डेटिङको बिषयमा धेरै चर्चा हुने गरेको छ । उनको अभिभावक रिलेसनसिपको बारेमा पोजेटिभ रहँदै आएको छ । उनको अभिभावकले उनलाई यदि कोहि केटा मनपरेमा भन्नुृ र उनीसँगै बिवाह गराइदिने बताउदै आएका छन् ।

जान्हवीको नाम ईशान खट्टरको अलवा उनको बच्चाबेला देखिको साथी अक्षय राजनसँग पनि जोडिएको छ । उनले ईशानसँग सिर्फ साथीको नाता रहेको बताएकी छिन् । उनले भनेकी छिन्, उनलाई बाहिर कसैसँग हिड्न डर लाग्ने बताएकी छिन् । यदि कसैसँग सँगै देखिएका उसँग नाम जोडिने भएको र दुवै क्यामेरामा सँगै देखिएमा रिलेसनसिपको हल्ला फैलिने भएकोले डर लाग्ने बताइन् ।

हुन त अक्षत राजन र जान्हवीको रिलेसनसिपको खबर पहिला पनि बाहिर आएको थियो । जान्हवीको बर्थ डेमा अक्षतले इन्स्ट्राग्राममा बधाई दिँदै एउटा फोटो पोष्ट गरेका थिए र क्याप्सनमा ‘ह्याप्पी बर्थ डे’ लेखेका थिए ।

यस सँगै उनले हार्ट सेपको इमोजी पनि राखेका थिए । जान्हवीले पनि अक्षतको बधाईलाई स्वीकार्दै जवाफमा ‘आइएलवाई’ लेखेकी थिइन् । अर्थात आइ लब यूको सर्टफर्म ।

Logo