काठमाडौं । नायक राजेश हमालले जीवनमा नयाँ काम गर्न कहिले पनि पछि नहट्न सुझाव दिएका छन् ।
सोमबार काठमाडौंमा आयोजित मनास्लु वल्र्ड कलेजका नयाँ विद्यार्थी स्वागत र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रममा उनले आफूमा गर्न सक्छु भन्ने आत्म विश्वास छ भने त्यो क्षेत्रमा प्रयास गर्न ढिला गर्न नहुने पनि बताए ।
उनले भने, ‘तपाई जीवनमा केही गर्न चाहनुहुन्छ र गर्ने अवसर पाउनुभयो भने प्रयास गर्न कहिले पनि पछि नहट्नु होला । मैले फिल्म खेल्दा कुनै उदाहरण नभएपनि मसँग गर्न सक्छु भन्ने आत्मविश्वास थियो । मैले कलाकारिता गर्ने मौका पाए भने राम्रो तरिकाले गर्न सक्छु । त्यही भएर मेरो सुझाव के छ भने कुनैपनि क्षेत्रमा केही गर्न सक्छु जस्तो लाग्छ भने प्रयास गरिहाल्नुपर्छ । त्यसमा ढिला गर्नु हुदैँन् ।’





























प्रतिक्रिया