काठमाडौ
बस्ती निर्माणमा आर्थिक संकट रहेको भन्दै सहयोगको निम्ति कोरियावासी नेपालीहरुलार्इ अपिल आएपछि कोरियामा कार्यरत स्वतन्त्र राष्ट्रप्रेमि युवाहरुको पहलमा कोरियामा भएका नेपालीहरुबाट आर्थिक संकलन गरि पठाइएको ४ लाख ५६ हजार शनिबार हस्तान्तरण गरियो ।
श्वेताश्री फाउन्डेसनको पहलमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा १४ झ्याडिमा ५४ वटा घर सहितको एकिकृत नमुना माझी बस्ती निर्माणको लागि फाउन्डेसनलाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
राष्ट्रप्रेम भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान र ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियानको बिशेष टिमको पहलमा संकलित उक्त रकम टेलिभिजन जगतकै सबै भन्दा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता सँग” कार्यक्रमका प्रस्तोता पत्रकार रवी लामिछानेको बिशेष रोहबरमा शनिबार फाउन्डेसनका अध्यक्ष तथा अभिनेत्री श्वेता खड्कालाई हस्तान्तरण गरिएको हो ।
बस्ति निर्माणमा आर्थिक अभाब भएको समाचार प्रकाशित भएपछी कोरियामा रहेका केहि जागरुक युवाहरु रकम संकलन अभियानमा जुटेका थिए । करिब १ महिनाको अभियानबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको संयोजक अभियानकर्ता राम दत्त जोशीले जानकारी दिए ।

रोजगारिका लागि कोरियामा आएका केहि राष्ट्रप्रेमि सचेत नागरिक सर्कलहरु द्वारा खोलिएको “स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” ले यस अघि सप्तरीको बर्दिबासमा मुसहर बस्ति निर्माणार्थ एक दिने श्रमदान सहित धुर्मुस सुन्तली फाउन्डेसनलार्इ १२ लाख, महाबिर पुनको राष्ट्रिय आबिस्कार केन्द्रलार्इ १४ लाख र सामाजिक अभियन्ता के पि खनालद्वारा बाजुरामा निर्माणाधिन अनाथालयको लागि २ लाख १२ हजार रुपैयाँ तथा भुकम्प , बाढि पहिरो र महामारी लगयत अन्य विभिन्न परोपकारी कार्यमा निरन्तर आर्थिक सहयोग तथा साथ दिदैँ आइरहेको छ ।





























प्रतिक्रिया