काठमाडौँ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी विरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । "/>

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोग

द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी विरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनार्इ छ । प्रहरीका अनुसार उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया लगी उतै लुकाएका छन् । उनी विरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बतायो ।

‘निर्देशक खड्गी विरुद्ध अनुसन्धान हुँदै छ । उनी विरुद्ध मानव तस्कर गरेको अरोप छ । सोही अनुसार जाहेरी परे पछि प्रहरीले अनुसन्धान गरेको हो । उनले मोटो रकम लिएर कोरियामा मान्छे लगेको र उतै लुकाएको उजुरी परेको छ । घटना सम्बन्धमा अनुसन्धान हुँदैछ । वास्तविकता अनुसन्धानपछि खुल्नेछ,’ स्रोतले भनेको छ ।
नयाँपत्रिकाबाट

Logo