पुस ६ देखि तेस्रो पोखरा अन्तर्रािष्ट्रय पर्वतीय चलचित्र महोत्सव

पुस ६ देखि तेस्रो पोखरा अन्तर्रािष्ट्रय पर्वतीय चलचित्र महोत्सव

केन्द्रबिन्दु
0
Shares

पोखरा, २९ मंसिर ।

आगामी पुस ६ देखि ८ गतेसम्म पोखरामा हुन लागेको तीन दिने ’तेस्रो पोखरा अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’को तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

स्थानीय पोखरा फिल्म सोसाइटीले पोखरा सभागृहमा आयोजना गर्ने यस चलचित्र महोत्सवमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गरी ४३ चलचित्रको प्रदर्शनी गरिने छ । प्रर्दशनीमा नेपाललगायत २० देशका चलचित्रको सहभागिता रहने भएको आयोजकले शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

महोत्सवको उद्घाटन सत्र नेपालकै परिवेशमा निर्माण गरिएको सुदूर पश्चिमको कथा जालगेडी नामक नेपाली छोटो फिल्मवाट सुरु गरिने छ । महोत्सवमा नेपाली चलचित्र तुईन को नेपाल प्रिमियम पनि यही महोत्सवबाटै हुने छ ।

रामेश र रायनको गीतबाट जनतामा जगाएको चेतना र आन्दोलनको कथालाई समेटेर तयार पारिएको चलचित्र डडेलोको सतीसाल पनि महोत्सवमा प्रर्दशन गरिने छ ।

महोत्सवमा पोखराका दुईवटा चलचित्र समेत समावेश भएका छन् । सञ्चारकर्मी संजोग बस्यालले निर्माण गरेको वृत्तचित्र कृष्ण पनि प्रर्दशन गरिने छ ।

महोत्सवको पहिलो दिनमा १० वटा फिल्म, दोश्रो दिन २० र तेस्रो दिन १३ वटा चलचित्र प्रर्दशन हुने छन् । बिहान १० बजेदेखि बेलुकी ६ः०० सम्म नियमित फिल्म प्रर्दशनी हुने छ ।

महोत्सवकै क्रममा मुख्य कार्यक्रमबाहेक पहिलो दिन ६ गते बेलुकी ६ः०० बजे लेकसाइडको वाराहीचोकमा खुल्ला प्रर्दशनी गरिने छ भने दोश्रो दिन रामबजारको राममन्दिर चोकमा खुल्ला प्रर्दशनी समेत गरिने छ ।

महोत्सवको दोश्रो दिन नेपाली चलचित्रमा जनजातिको चित्रण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने छ । अन्र्तक्रियामा राजेश गोंगजु, माओत्से गुरुङ्ग, नवीन सुब्बा र अनुप सुवेदीको सहभागिता रहने छ । महोत्सवमा नेपाललगायत विदेशबाट समेत गरी १०० भन्दा बढी चलचित्रकर्मीको सहभागिता रहने बताइएको छ ।

चलचित्र महोत्सवका लागि १ सयभन्दा बढी देशका नौ सयभन्दा बढी चलचित्रहरूले सहभागिताका लागि आवेदन दिएको त्यसमध्ये विशेष र नेपाली विधाहरूसँग मिल्ने ४३ चलचित्रहरू छनोट गरिएको आयोजकले जनाएका छन् । यसमा वृत्तचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन जस्ता विधाहरू समेटिएका छन् ।

पर्वत वा हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको सम्वर्धन र प्रवर्धनमा चलचित्रमार्फत जनचेतना अभिवृद्धि गर्न सोही विषय वस्तुमा बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रहरूको प्रदर्शनी गरिनु ‘पोखरा अन्तराष्ट्रिय पर्वत चलचित्र महोत्सव’को मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् ।

कार्यक्रमका संयोजक सरोज सापकोटाका अनुसार, सन् २०१४ को डिसेम्बर महिनामा अन्तर्राष्ट्रिय पर्वत सङग्राहालय र फिल्म सोसाइटी फेडेरेसन नेपालसँगको सहकार्यमा शुरु भएको यो चलचित्र महोत्सवलाई हरेक वर्ष डिसेम्बरमा महोत्सव गरी निरन्तरता दिने योजनासहित यस वर्ष पनि चलचित्र महोत्सवको आयोजना गरिएको हो ।

Skip This
Logo