कोमल वलीलाई वर्षाको समर्थन : ‘दरिद्र मानिसको अभिव्यक्तिले प्रभाव पार्ने छैन’

कोमल वलीलाई वर्षाको समर्थन : ‘दरिद्र मानिसको अभिव्यक्तिले प्रभाव पार्ने छैन’

केन्द्रबिन्दु
0
Shares

देश र समाजमा घट्ने गरेका घटनाप्रति निडर भएर बोल्ने नेपाली कलाकारहरु कमै मात्र छन् । तिनै कम कलाकार मध्येकी एक हुन् अभिनेत्री वर्षा सिवाकोटी । वर्षाले जनता, महिला र समाजसँग प्रत्यक्ष सम्वन्ध राख्ने विषयहरुप्रति सामाजिक संजालमा आफ्ना विचारहरु पोख्दै आएकी छिन् । यसै सन्दर्भमा अहिले सामाजिक संजालदेखि संसदसम्म बहसको विषय बनिरहेकी कोमल वलीको पक्षमा वर्षाले मुख खोलेकी छिन् । 

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वर्षाले महिलाहरु भान्साबाट बाहिर आएर ठूला पदमा पुगेपनि कतिपय मानिसहरुको महिलालाई हेर्ने मानसिकता अझै नबदलिएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । त्यस्तै महिलाहरुमा यस्तो परिवर्तन धेरै संघर्षपछि आएको र यस परिवर्तनलाई केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले कुनै प्रभाव पार्न नसक्ने भन्दै उनले नेकपा प्रचण्ड माधव समूहका नेता रघुजी पन्तमाथि व्यङ्ग्यसमेत प्रहार गरेकी छिन् । 

उनी लेख्छिन् – तिम्रो राजनीति म बुझ्दिन । अनि बुझ्दिन यो राजनीतिमा आरोप, प्रत्यारोप अनि व्यक्तिगत लान्छना किन लगाइन्छ । तर यति बुझ्छु, बर्षौँ भान्साको चार पर्खालभित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पीडा हुन्छ । शारीरिक हिंसा, दुव्र्यवहार र चरित्रहत्याको डर सधैँ भइरहन्छ । यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो । महिलाहरु भान्साबाट बाहिर आए, ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपति भए, अन्तरिक्षसम्म पुगे । तर कतिको मानसिकता अझै बदलिएन । धेरै संघर्षपछि आएको परिवर्तन हो यो । केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने छैन । तर आर्थिक, प्राविधिक अनि सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिको अझै मानसिक विकास हुन भने बाँकी रहेछ, विश्वास भयो ।'

Skip This
Skip This
Logo