अमृत क्षेत्री र ममता गुरुङको स्वरमा नयाँ गीत ‘झ–झल्को त्यो गाउँको’ सार्वजनिक गरिएको छ । गीतमा वीरभद्र आचार्यको शब्द संगीत सुन्न सकिन्छ ।
ग्रामिण भेगका प्रेमिल जोडी र उनीहरूको विछोडपछि भाव गीतका शब्दले बोल्छन् । प्रेमिल शब्दमा तयार गीतको म्युजिक भिडियोमा विकास लामिछाने र श्रेया सिटौलाको अभिनय रहेको छ ।
सुब्रतराज आचार्यको निर्देशनमा बनेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विकास दाहालको सम्पादन गरेका हुन्।
काठमाडौं र चितवनमा छायांकन गरिएको गीतको भिडियोलाई सुरसाला स्टुडियोको अफिसियल च्यानलमा हेर्न सकिन्छ ।
भिडियो































प्रतिक्रिया