नेपाली लोकगीत संगीतको बजारमा दिनै जसो नयाँ नयाँ लोकदोहोरी गीतहरु आइरहेका छन् ।
पछिल्लो समय कांठ क्षेत्रका गीतहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जसो गीतहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोकदोहोरी कोशेली 'शितल दिने कर्के नजर' बजारमा आएको छ ।
गीतको लोक लय, शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् । गीतको निर्माण मिलन फिल्म्सले गरेको हो । निर्देशन मिलन श्रेष्ठ र मुकेश हुमागाईंको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराँती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।
नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न यो गीतले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताइन् । गीत डीएआर मुभिज एण्ड फिल्म्स प्रा लिको आधिकारिक च्यानलमार्फत डिजिटल बजारमा आएको छ। भिडियो :































प्रतिक्रिया