६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौंमा


चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डितको मुर्हुत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामिण क्षेत्रको छायांकन पुरा गरि काठमाडौं फर्किएको छ। 

काभ्रेको कात्तिके देउरालीमा वैशाख ०७ गतेदेखि २७ गतेसम्म चलचित्र छायांकन गरि सम्पूर्ण युनिट काठमाडांै फर्किएको हो । हालसम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छायांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटे पश्चात काठमाडौंमा गरिने निर्माण टिमले जानकारी दिएको छ ।

विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, रश्मी भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गीता अधिकारी, पवन भट्टराई, संजोग रसााईली, गीत बिष्ट, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र निर्माणमा कुनै कन्जुस्याईं नगरि अत्याधुनिक प्रविधिहरुमार्फत चलचित्र खिचिएको छायाँकार सन्जय लामाले बताए ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका निर्माता राजु फुयाँल हुन भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभूति दिलाउनेमा विश्वस्त रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए।

Logo