ट्याक्सीकै कारण मह जोडीसँग जोडिएका थिए ‘किरण केसी’

ट्याक्सीकै कारण मह जोडीसँग जोडिएका थिए ‘किरण केसी’

केन्द्रबिन्दु
0
Shares

मह जोडी भन्ने बित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम अगाडि आउँछ। मह सञ्चारबाट धेरै नै सिरियल बनेका छन्। हास्यकलाकारका लागि अभिभावकत्व निर्वाह गरेका छन्, मह जोडीले। मह जोडी सफल पनि छन् र यो सफलतामा जोडिएको अर्काे एउटा नाम किरण केसी। 

राता मकैको उपनामले परिचित किरणले फिल्म र सिरियलमा मह जोडीसँग सहकार्य गर्दै आएका छन्। किरणको चिनजान हरिवंशसँग बाल्यकालदेखि नै थियो। तर, कामको सुरुवात भने पन्ध्र गते सिरियलमार्फत भएको थियो। त्यतिबेला मह जोडी सुरुवाती दिनमा थिए भने किरणले फाट्टफुट्ट अभिनयमा सौख राख्थे।

‘हामीले टेलिफिल्म बनाउने भएपछि एउटा ट्याक्सी चाहियो र हामीसँग पैसा पनि थिएन। साथै, त्यो समयमा भाडामा गाडी पाउन पनि मुस्किल थियो’, हरिवंशले सुरुवाती दिनलाई सम्झिँदै एक अन्तर्वार्तामा भने, ‘किरणसँग ट्याक्सी छ भन्ने थाहा पाएपछि उसलाई बोलाएर अभिनय गराएका हौँ।’

त्यसभन्दा अगाडि उक्त रोल अशोक शर्मालाई तय गरिएको थियो। हरिवंशले सुरुवाती दिनमा गरेको स्ट्रगलले नै अहिले सफलता दिएको बताए। त्यसो त हरिवंश अगाडि नै किरणले नाचघरमा मन्चन भएको एक नाटकमा मूख्य भूमिकासमेत निर्वाह गरिसकेका थिए। 

किरण यसलाई सहकार्यको संयोगको रूपमा लिन्छन्। ‘हाम्रो सहकार्य त्यसरी नै प्रारम्भ हुनु रैछ र भयो’, उनी भन्छन्, ‘यतिबेला हाम्रो सम्बन्ध सहकार्यसँगै पारिवारिक भइसकेको छ।’ 

किरणले मह सञ्चारमार्फत बन्ने फिल्ममा सहकार्य गर्ने गरेका छन्। उनलाई फिल्मनगरीमा मह सञ्चारको ‘हनुमान’ पनि भन्ने गरिन्छ। महको काम गर्ने शैली अहिले पनि उस्तै चुस्त र दुरुस्त छ। पछिल्लो समय किरणले निर्माण गरेको फिल्म ’लक्का जवान’ प्रदर्शनको तयारीमा छ।न्युज कारखाना 

Skip This
Skip This
Logo