चलचित्रमा कमब्याक असफल भएपछि शिल्पा शेट्टीको ध्यान वेब सिरिजमा

चलचित्रमा कमब्याक असफल भएपछि शिल्पा शेट्टीको ध्यान वेब सिरिजमा

केन्द्रबिन्दु
0
Shares

शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्रायः कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् ।

ठूलो पर्दाबाट टाढिएपछि सानो पर्दामा सुपर डान्सर शोमा जज बनेकी शिल्पाले गत वर्ष फिल्म गरिन् । आफूलाई फिट राखेकी शिल्पा फिल्ममा आएपछि दर्शकले माया गर्ने अपेक्षा गरिएको थियो । तर त्यसो भएन । कोरोना भाइरसको कारणले सिर्जित अवस्थाले गर्दा केही समय रोकिएको फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भयो । 

प्रियदर्शन निर्देशित सफल फिल्म ‘हंगामा’ को दोस्रो भाग भनिएको ‘हंगामा २’ गत जुलाईमा रिलिज भयो । कमेडी फिल्म बनाउन माहिर मानिने निर्देशक प्रियदर्शनले निर्देशनमा कमब्याक गरेको फिल्म भएकाले पनि अपेक्षा राम्रो थियो । तर, न त यसले प्रियदर्शनलाई नै फाइदा गर्‍यो न त शिल्पालाई । फिल्म लगानीका हिसाबले ओटीटीमा रिलिज हुँदा केही मुनाफामा गए पनि यसले दर्शकको मन जित सकेन । 

डिज्ने प्लस हटस्टारमा रिलिज भएको फिल्मले शिल्पालाई केही फाइदा नपुगेपछि उनले अन्य फिल्म साइन गरेकी छैनन् । उनको फिल्ममा असफल कमब्याक भएपछि पछिल्लो समय ध्यान वेब सिरिजमा पुगेको छ । माधुरी दीक्षित, रविना टन्डन, सुष्मिता सेन, जुही चावलालगायत सिरिजमा काम गरिरहेकाले शिल्पा पनि त्यसतर्फ आकर्षित भएकी हुन् । उनी फिल्ममा सहायक भूमिका निर्वाह गर्नुको सट्टा सिरिजमा लिड रोल चाहन्छिन् । न्युज कारखाना 

Logo