मलाइ मेरा बाबुआमा ‘सारै खराब मान्छे’ हुन् जस्ताे लाग्थ्योः सारा (बलिउड नायिका)

मलाइ मेरा बाबुआमा ‘सारै खराब मान्छे’ हुन् जस्ताे लाग्थ्योः सारा (बलिउड नायिका)

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री सारा अलि खानले हालै एउटा अन्तर्वार्तामा बालापनमा आफूले आफ्ना बाबुआमा सैफअलि खान र अमृता सिंह खराब मान्छे भएको ठान्ने गरेको बताएकी छन्।

उनले आफूले ‘ओमकारा’ फिल्ममा बाबु सैफ र ‘कलयुग’ मा आमा अमृताले निर्वाह गरेको चरित्र देखेपछि उनीहरू सारै खराब मान्छे भएको निक्र्याैल गरेको बताएकी हुन्।

त्यतिबेला उनलाई लाग्थ्यो, ‘बाबु सैफ खराब भाषा बोल्छन् अनि आमा अमृता पोर्न साइट चलाउछिन्।’

साराले भनेकी छिन्,‘मलाई याद छ, सन् २००५ मा ‘कलयुग’ र सन् २००६ मा ‘ओमकारा’ हेरेपछि मलाई निकै तनाव भएको थियो। मलाई लाग्यो, मेरो बाबा–मम्मी बहुत खराब मान्छे हुन्। त्यतिबेला म सानै थिए। जब उहाँहरूले एउटै वर्ष बेस्ट नेगेटिभ रोलको अवार्ड पाउनु भयो, यो के हो ? भनेर म चकित परें।’

‘ओमकारा’ मा सैफले ईश्वर लंगडा त्यागीको भूमिका निर्वाह गरेका थिए। एक्सन थ्रिलर ‘कलयुग’ मा अमृताका साथमा इमरान हास्मी, स्माइली सुरी र आशुतोष राणा मुख्य भूमिकामा थिए। साराका बाबु आमा सन् २००४ मा छुट्टिएका थिए । डिर्भाेसपछि सारा र इब्राहम अमृताका साथमा बसेका थिए।

सन् २०१८ मा निर्माण भएको ‘केदारनाथ’ फिल्मबाट डेब्यु गरेकी साराले त्यो फिल्मबाट तारिफ पाएकी थिइन्। त्यो फिल्ममा उनको जोडी सुशान्त सिंह राजपुत थिए। त्यसपछि उनले रोहित सेठ्ठीको ‘सिम्वा’ फिल्ममा अभिनय गरेकी थिइन्।

अब उनी अक्षय कुमार र धनुषका साथमा ‘अतरंगी रे’ फिल्ममा देखिँदैछिन्। 

Skip This
Skip This
Logo