कलाकारको पनि व्यक्तिगत जीवन हुन्छ : वर्षा सिवाकोटी

कलाकारको पनि व्यक्तिगत जीवन हुन्छ : वर्षा सिवाकोटी


नायिका वर्षा सिवाकोटीले कलाकारको पनि व्यक्तिगत जीवन हुने भन्दै मिडियाले कलाकारका निजी विषयहरूमा संवेदनशीलता अपनाउनु पर्ने बताएकी छिन्। सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्ताे बताएकी हुन् ।

'पर्दाको चमक धमकपूर्ण जीवनभन्दा अलि पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ। तर सार्वजनिक व्यक्तित्वको ट्यागमा उसको सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ। मानवीय संवेदना सकिएको छैन भने यस्ता कुरालाई मनन गरौं, र सच्याउँ।' उनले भनेकी छिन्, 'एउटा कलाकारको जीवनमा पनि सुख दुःख, उतार चढाव र आरोह अवरोह प्रशस्त हुन्छन्। पर्दा बाहिर निस्कने वित्तिकै यथार्थको भोगाईमा उसले जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्न पर्छ।' 

उनकाे भनाइ पछिल्ला दिनहरूमा मिडियाहरूमा प्रस्तुत भएका कुनै व्यक्ति विशेषका निजी कुराहरू प्रति लक्षित थियाे । मनोरञ्जनको नाममा मानिसको संवेदनाको ब्यापार बन्द गरौं भन्दै सिवाकाेटीले मिडियाले व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरि वा चित्त दुख्ने गरि सामाग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोच्न पनि अनुराेध गरेकी छिन्। 

उनले भनेकी छिन्

पर्दाको चमक धमकपूर्ण जीवनभन्दा अलि पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ। तर सार्वजनिक व्यक्तित्वको ट्यागमा उसको सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ । मानवीय संवेदना सकिएको छैन् भने यस्ता कुरालाई मनन गरौं, र सच्याउँ। एउटा कलाकारको जीवनमा पनि सुख दुःख, उतार चढाव र आरोह अवरोह प्रशस्त हुन्छन् । पर्दा बाहिर निस्कने वित्तिकै यथार्थको भोगाईमा उसले जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नपर्छ। केही व्यक्तिगत कुरा म सार्वजनिक गर्न चाहन्न, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिले पाउँदैन र ? व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने गरि वा चित्त दुख्ने गरि सामाग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोचौं । मनोरञ्जनको नाममा मानिसको संवेदनाको ब्यापार बन्द गरौं, मेरो अनुरोध।

Logo