भारतीय मिडियामा नेपाली अभिनेत्री सुष्माको ग्ल्यामर चर्चा

भारतीय मिडियामा नेपाली अभिनेत्री सुष्माको ग्ल्यामर चर्चा

केन्द्रबिन्दु
0
Shares

नेपाली अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन्। सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन्। 

हालै मात्र उनले कालो पहिरनमा निकै बोल्ड तस्बिर इन्स्टाग्राममा शेयर गरेकी थिइन्। जुन तस्बिरलाई भारतीय मिडियाले विशेष स्थान दिएका छन्। उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन्। साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन्। सुष्माले इन्स्टाग्राममा राखेको पछिल्लो तस्बिरमा एक प्रयोगकर्ताले ‘तपाईं एकदम बेबी डल जस्तै देखिनुभएको छ’ भन्दै कमेन्ट गरेका छन्। त्यस्तै अर्का प्रयोगकर्ताले सुन्दरता र फिटनेसको रहस्य थाहा पाउन खोजेका छन्।

सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन्। यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन् । उनले ‘दिवाना–२’ र ‘जय मधेस’लगायत हिट फिल्ममा अभिनय गरेकी छन्। 

Skip This
Skip This
Logo