अमिताभको पोष्ट पछि ‘डन ३’ को डिमान्ड ट्रेन्डिङमा

अमिताभको पोष्ट पछि ‘डन ३’ को डिमान्ड ट्रेन्डिङमा

केन्द्रबिन्दु
0
Shares

अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् र हरेक दिन आफ्ना फ्यानहरूसँग आफ्ना तस्बिर सेयर गर्छन् । 
यसै क्रममा उनले आफ्नो इस्टाग्राममा एउटा तस्बिर सेयर गरेका छन् । जहाँ उनले शाहरुख खानलाई आफ्नो अटोग्राफ दिईरहेका छन् । 

खासमा यो तस्बिर बलिउडको १०० वर्ष पुगेको अवसरमा एक म्यागजिनले तीनवटा फिल्मी जेनरेसन दिलीप, अमिताभ, र शाहरुख खानलाई  बोलाएको बेला लिइएको हो । कार्यक्रम शुट पछि साहरुखले नै अमिताभलाई ओरिजिनल डन फिल्मको पोष्टरमा अटोग्राफ दिन आग्रह गरेका थिए । सन् १९७८ र्को  डन’ सलिम जाभेदले लेखेका थिए । जम्मा ७० लाख बजेटमा बनेको सो फिल्मले ७ करोडको व्यापार गरेको थियो । 

सन् २००६ मा त्यहि फिल्मको सिक्वेलमा फरहान अख्तरले साहरुखलाई लिएर बनाएका थिए । साहरुखको चलचित्रले पनि निकै राम्रो व्यापार गरेको थियो ।

सो फिल्मको बजेट ३८ करोड थियो भने फिल्मले १ सय ६ करोड कमाई गरेको थियो । हालै यी दुबैको फोटो अमिताभले इन्स्टामा पोस्ट गरेपछि ट्विटरमा ‘डन ३’ ट्रेन्डिङ हुन थालेको छ । 
 

Skip This
Skip This
Logo