प्रेमी राहुलसँग लगनगाँठो कस्दै सदिच्छा

प्रेमी राहुलसँग लगनगाँठो कस्दै सदिच्छा

केन्द्रबिन्दु
0
Shares

सन् २०१० की मिस नेपाल सदिच्छा श्रेष्ठले प्रेमी राहुल मोक्तानसँग मंगलबार विवाह गर्ने भएकी छन् । लामो समयको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् । नेवारी परम्परा अनुसार दुवैले लगनगाँठो कस्न लागेका हुन् । 

उनीहरूले विवाहमा आफन्त र निकट व्यक्तिलाई निम्तो पत्र पनि वितरण गरिरहेका छन् । मंगलबार गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ ।

नेवारी परम्पराअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदिच्छा एक वर्षदेखि डेटमा थिए ।

Logo