अजयको ‘भोला’ कस्तो होला ?

अजयको ‘भोला’ कस्तो होला ?

केन्द्रबिन्दु
0
Shares

‘ रनवे ३४’ को सफल निर्देशन पछि अजय देवगनले फेरि एक पटक निर्देशकको कुर्सी सम्हाल्न तयार छन् । 

अभिनेता देवगनले ट्वीटरमा तस्विर शेयर गर्दै आफ्नो आगामी फिल्म ‘भोला’ को निर्देशनमा डेब्यु गर्ने घोषणा गरेका छन् । यस तस्विरमा उनी निर्देशकको कुर्सीमा बसेर क्यामेरा ह्यान्डल गरिरहेको देखिन्छ ।

यू मी और हम, शिवाय र रनवे ३४ पछि, अजय देवगनले चौथो फिल्म निर्देशन गर्नेछन । यो ब्लकबस्टर तमिल फिल्र्म  कैथी’ को हिन्दी रिमेक हो । यो फिल्मको मुख्य भूमिकामा अजय देवगन र तब्बुले अभिनय गर्नेछन । 

भोला फिल्मको निर्माण कार्य सुरु भइसकेको र भदौ मसान्तसम्ममा फिल्मको सुटिङ सकिने बताइएको छ । यो फिल्म ३० मार्चमा रिलिज हुनेछ ।

Logo