मुरलिधरको ‘तिमीलाई रोजे’ गीत राजेशपायलको आवाजमा पुन: रि-रेकर्ड

मुरलिधरको ‘तिमीलाई रोजे’ गीत राजेशपायलको आवाजमा पुन: रि-रेकर्ड

केन्द्रबिन्दु
0
Shares

लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री गायक, संगीतकार, रचनाकार तथा कलाकार मुरलिधरको कालजयी गीत 'तिमिलाई रोजे' को रिरेकर्ड गर्ने भएका छन् । उनले आफ्नो स्वरमा तिमीलाई रोजे गीतको रि-रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गर्ने भएका हुन् ।

रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीतलाई राजेश पायल राईले पछि 'बैगुनी रैछौ मायालु' अल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए । पहिलो नेपाल आईडलमा अतिथिको रुपमा आउँदा उनले उक्त गीत प्रस्तुत गर्दा तानेको लामो आलपले त्यसबेला निक्कै चर्चा पाएको थियो र युट्युबको ट्रेन्डीङ्मा परेको थियो ।

बुधवार गुरुपुर्णिमाको अवसरमा लिजेण्ड्री मुरलिधर र गायक राजेश पायल राईबीच उक्त गीतलाई पुन नयाँ साज सज्जाका साथ रेकर्ड गरी चाँडै रिलिज गर्ने आपसी समझदारी भएको हो । साथै राजेशपायलले मुरलिधरसँग नयाँ गीत संगीतको लागि समेत सहकार्य् गर्ने भएका छन् ।

'राजेश नेपाली संगीतको एक दरिलो खम्बा हो उनी सँग मेरो सदैब सहकार्य् रहिरहने र हामी दुईको हरेक सांगितीक सहकार्य नेपाली संगीतका श्रोताहरुको लागि एउटा बिशेष उपहार हुने' गायक तथा संगीतकार मुरलिधरले बताएका छन् ।

यस्तै प्रशन्न मुद्रामा गायक राजेशपायल राईले भनेका छन्,'तिमीलाई रोजे गीत मलाई पनि असाध्यै मन पर्ने गीतहरु मध्ये एक हो र यसको नयाँ भर्शनको लागि मुरलिधर दा सँगको पुन सहकार्य भएको छ र मेरा सम्पूर्ण श्रोता तथा दर्शकहरुले यस्लाई पहिला भन्दा अझ मनपराउनु हुनेछ भन्ने मेरो विश्वाश छ र त्यो विश्वाश कायम राख्न् म कटिबद्ध रहनेछु।'

Skip This
Skip This
Logo