गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले प्रदेशको मनाङ जिल्लामा छायाँकन भएको ‘प्रेम गीत ३’ विश्व बजारमा पुग्नु खुशीको कुरा भएको बताएका छन् ।
उनले ‘प्रेम गीत ३’ का अभिनेता प्रदिप खड्कासंग आज भेट गर्दै यस्तो बताएका हुन । ‘प्रेम गीत ३’ बाट मनाङको प्राकृतिक सुन्दरता विश्वलाई देखाउने मैका पाएको मन्त्री थापाले बताएका छन । ‘उक्त चलचित्र मार्फत गण्डकी प्रदेशको पर्यटकीय विविधता विश्वभरका दर्शकसामु पुगी सिनेमा मार्फत यहाँको पर्यटनको उल्लेखीय विकास हुने कुरामा आशावादी छौं ,उनले भेटपछि चलचित्रलाई शुभकामना दिदै फेसबुकमा लेखे ।

विश्वका अन्य देशका सिनेमाको स्वाद नेपाली दर्शकले लिइरहेको सन्दर्भमा नेपाली गाउँ, ठाउँ र नेपाली चलचित्रको स्वाद विश्वलाई प्रेमगीत ३ ले दिने भन्दै उनले अभिनेता खड्कालाई धन्यवाद दिएका छन ।
सन्तोष सेनद्धारा निर्मित चलचित्र ‘प्रेम गीत ३’ असोज ०७ गते विश्वभर नै एकैसाथ एक हजार भन्दा बढी हलहरुमा प्रदर्शन हुदैछ ।





























प्रतिक्रिया