1
0
Shares

फ्राइडे फिल्म: हलमा २ नेपाली र एउटा बलिउड फिल्म

1
1
1

फ्राइडे फिल्म अन्तर्गत आज शुक्रबारदेखि २ वटा नेपाली र एउटा बलिउड फिल्म प्रदर्शनीमा आएका छन् । नेपाली फिल्म ‘सुपर गोर्खे’ र ‘एकलव्य’ सँगै बलिउड फिल्म ‘जजमेन्टल है क्या’ प्रदर्शनमा आएका हुन्।

अभिनेत्री ऋचासिंह ठकुरी निर्मात्रीका रुपमा चलचित्र क्षेत्रमा देखा परेकी छन् । उनकै निर्माण कम्पनी अबिर हाउस प्रोडक्सनबाट चलचित्र ‘सुपर गोर्खे’ तयार भएको छ । राज थापाको निर्देशन रहेको चलचित्र ‘सुपर गोर्खे’मा ऋचासिंह ठकुरी नै मुख्य नायिका छिन् भने निर्देशक उनका श्रीमान राज नायक रहेका छन् । चलचित्र ‘सुपर गोर्खे’ का निर्माता इश्वरीसिंह ठकुरी, रामकृष्ण (ठूले), सुदीपजंग थापा हुन् । चलचित्रका गीतमा ताराप्रकाश लिम्बू र फिलिप जोनले संगीत भरेका छन् ।

चलचित्रमा ऋचासिंह ठकुरी, सुरजसिंह ठकुरी, निराजन लुइ“टेल, भुपेन्द्र क्षेत्री, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई, कामना भुजेल र राज थापालाग्यतको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने यसका सम्पादक बनिश शाह हुन् । चलचित्र ‘सुपर गोर्खे’मा चन्द्र पन्तको एक्शन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यम रानाको भीएफएक्स रहेको छ ।

त्यस्तै आजैदेखि चलचित्र ‘एकलव्य’ पनि प्रदर्शन हुदैंछ । पारिवारिक प्रेमकथामा आधारित यो चलचित्रको निर्देशन अनमोल शर्माले गरेका हुन् । चलचित्रमा सोनाम थापा मगर, ओसन भट्टराई, पुष्कर राउत, सुशिल पोखरेल, सुष्मा कार्की, महिमा सिलवाललगायतका कलाकारहरुको अभिनय रहेको छ । ।

त्यस्तै कंगना रनावत र राजकुमार राव अभिनित बलिउड फिल्म ‘जजमेन्टल है क्या’ पनि आजबाटै प्रदर्शनमा आएको छ।

 

प्रकाशित: १० साउन २०७६ १३:२० शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी