आजदेखि गौरा पर्व सुरु भएको छ ।
गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। ‘बिरुडा पञ्चमी’ को शुभ साइतमा आज गौरा पूजनका लागि बिरुडा राख्ने गरिन्छ। बिरुडा भन्नाले पाँच थरी अन्नको समिश्रणलाई भनिन्छ ।
आजकै दिन गौरा पूजनका लागि पाँचथरी अन्न तथा गेडागुडी गहत, केराउ, गुरास, मास तथा गहुँ विधिपूर्वक भिजाउने काम गरिन्छ । आजको दिन स्नान तथा पूजा गरेर बिरुडाका लागि छुट्याइएको अन्न तामा अथवा पित्तलको भाडोमा राखेर भिजाउने कार्य गरिन्छ ।
पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनि बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षम्म गरेको कष्टसाध्य तपस्यापश्चात् वरदान पाइ महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यताअनुसार गौरापर्व मनाइदै आएको पाइन्छ ।
भगवान शिव र पार्वतीको पूजा आराधना एबम् ब्रत अनुष्ठानबाट सुस्वास्थ्य एबम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहदै आएको छ । दूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन बिदा दिइएको छ ।
एक दिन संघीय सरकार र एक दिन प्रदेश सरकारले प्रदेशको सबैभन्दा ठुलो गौरा पर्वको अवसरमा बिदा दिएको हो । भदौ १७ गते गौरा पर्वको अवसरमा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ । यस्तै १८ गते भने संघीय सरकारले नै गौरा पर्वको अवसरमा बिदा दिएको छ ।































प्रतिक्रिया