नवदुर्गाको तान्त्रिक नृत्य आजदेखि सुरु

नवदुर्गाको तान्त्रिक नृत्य आजदेखि सुरु

केन्द्रबिन्दु
9
Shares

भादगाउँ (भक्तपुर) । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ।

प्रत्येक वर्ष विजयदशमीको दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले जानकारी दिए ।तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ ।

बनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र काय“ बाजा तथा घ“घलाहरु नास द्यः(नृत्यनाथ) को अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको अध्यक्ष वनमालाले बताए ।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ घला प्राप्ति गरेका वनमालाहरुले नास द्यःअघितिर बाजाबजाइ नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

Logo