रातो मच्छिन्द्रनाथको रथारोहण

रातो मच्छिन्द्रनाथको रथारोहण


वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।

आइतबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । यही बुधवार पुल्चोकबाट रथ यात्रा सुरु हुनेछ ।रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेको थियो । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोलमा घुमाइन्छ ।

सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

 

Logo