युएईमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकद्वारा राहत प्रदान

युएईमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकद्वारा राहत प्रदान

केन्द्रबिन्दु
0
Shares

युएईमा समस्यामा परेका नेपालीहरूलाई सेन्चुरी बैंकको सेन्चुरी रेमिटले राहत प्रदान गरेको छ । प्रवासी नेपालीहरूलाई सेन्चुरी बैंकले खाद्यान्न तथा  दैनीक उपभोग्य सामाग्री सहयोग गरेको हो ।

सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय किलो चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको हो । आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीले उपलब्ध सहयोग सामाग्री बुझेका थिए ।

यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन ) युएईको राहत वितरण टोलीलाई एक हजार दिराम बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपालले बुझेका थिए ।

टोलीलाई २ सय किलो चामल, एक सय किलो आलु , एक सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए । परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल, सहज, छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए ।

Logo