दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० सम्मको यात्रा तय गरेका हुन् । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको शुरुदेखि नै उनले राम्रो प्रस्तुती दिंदै आएका थिए ।

टप १० सम्मको यात्रा तय गरेसँगै आफूलाई सहयोग गर्ने सबैप्रति दिवेशले धन्यवाद दिएका छन् । नेपाल र नेपालीलाई संसारमा चिनाउने आफ्नो प्रयास सफल हुँदै गएको भन्दै उनले आफूलाई भाग्यमानी सम्झेको छु भन्दै भोट दिनुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

संसारबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको भन्दै उनले यस्तै सहयोग आगामी दिनमा पनि गरिदिन अनुरोध पनि गरेका छन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेश अमेरिकन आइडलको टप १० मा पुग्ने पहिलो नेपाली हुन् । अडिसनदेखि टप १० सम्म आइपुग्दा हरेक प्रस्तुतीमा उनले जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

सन् २०१३ देखि अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । उनले युट्युब प्लेटफर्ममा ‘अर्थर गन’को नाममा अङ्ग्रेजी र नेपाली गीत अपलोड गर्ने गरेका छन् । उनले न्यानो घर, समुन्द्र पारी, कर्णाली, मन, प्रलय ए, प्रलय बी लगायतका गीत गाएका छन् ।

दिवेशले आफ्नो परिचयात्मक भिडियोमा नेपाल साँच्चिकै सुन्दर देश भएको र सबै मानिस निकै मिलनसार रहेको बताएका छन् । २१ वर्षे दिवेश नेपालमा प्लस टु पास गरेपछि अमेरिका गएका हुन् । उनले अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई ‘ग्रेट डिल’ भनेका छन् ।

Skip This
Skip This
Logo