काठमाडौं ।
कतारको दोहामा विगत छ वर्षदेखि कार्यरत सर्लाहीका डा. मोदास्सिर आलम कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम भएको बताउँछन् । नेपालले समयमै लकडाउन गरेकाले तुलनात्मक रुपमा सङ्क्रमण कम देखिएकाले यसतर्फ सबै गम्भीर हुन उनले सुझाव दिएका हुन् ।
विगत २० वर्षदेखि नर्वेमा कार्यरत अर्का नेपाली चिकित्सक डा. सुरज थापा पनि लकडाउनले केही समस्या आए पनि अहिले अर्को विकल्प नभएको बताउँछन् । ओस्लो युनिभर्सिटी अस्पतालमा कार्यरत काठमाडौँका डा. थापाले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न अपनाइने लकडाउनको प्रयासलाई गलत नबुझ्न पनि आग्रह गरेका छन् ।
जापानमा सेन्ट लुक इन्टरनेशनल युनिभर्सिटीमा सामुदायिक स्वास्थ्यमा विद्यावारिधि गरिरहेकी एलिजा केसी अधिकारीलाई कोभिड–१९ एक जनामा पुष्टि हुने बित्तिकै नेपाल सरकारले लकडाउनको निर्णय गरेर सही गरेको लागेको छ ।
अमेरिकाकोे मेरिल्याण्ड स्टेट युनिभर्सिटीमा कार्यरत डा सुरेश बस्नेत लकडाउनको निरन्तरतासँगै जनजीवनलाई पनि व्यवस्थित गराउनेतर्फ जोड दिन नेपाल सरकारलाई सुझाव दिएका छन् । समयसँगै कोभिड–१९ को महामारीसमेत कम हुने र औषधिसमेत पत्ता लाग्ने तथा विश्व नै यसका विरुद्व लडिरहेकाले यो समयमा रोकथामका लागि नै राज्यको जोड रहनुपर्ने उनको भनाइ छ । जतिधेरै परीक्षण हुनसक्छ, त्यतिनै काम गर्न सजिलो हुने डा बस्नेत बताउछन् । भिडियोमा





























प्रतिक्रिया