चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उनले संसदीय सुनुवाइ पनि पूरा गरिसकेका थिए ।रासस

Skip This
Skip This
Logo