बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।

मनामास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको हो। राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिए पश्चात त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकोमा हाल १० नेपालीमा संक्रमणको पुष्टि भएको बताए।

यसअघि त्यस क्याम्पमा भएका ९ नेपालीलाई कोरोनाको संक्रमण भएको देखिएको थियो । ३ जना भने अन्य क्याम्पमा बस्ने नेपाली थिए। राजदूत सुन्दासका अनुसार उनीहरूको स्वास्थ्य अवस्था स्थिर छ । कान्तिपुरबाट

Logo