नयाँदिल्ली ।
मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यो सँगै भारतमा संक्रमित नेपालीको संख्या १२ पुगेको छ । एउटै परिवारका यति धेरै सदस्यमा संक्रमण देखिएको यो पहिलो घटना हो ।
उक्त नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा ११ दिन यता कोभिड–१९ संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।
परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवारका सबैभन्दा जेठा सदस्यले बताए । उनका अनुसार सुरुमा भाइलाई ज्वरो आएको थियो र पछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भयो । ‘भाइलाई अस्पताल लैजाने र ल्याउने गरेकाले शंका लागेर परीक्षण गराउँदा ममा पनि संक्रमण देखियो,’ उनले भने ।
पूरै परिवार एउटै घरमा बस्ने भएकाले अन्य सदस्यको त्यसपछि परीक्षण गराइएको थियो । नभन्दै अन्य ६ जनामा पनि संक्रमण देखियो । ‘परिवारका तीन जनामा मात्र रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।कान्तिपुरबाट































प्रतिक्रिया