सीमामा रोकिएका नेपाली भन्छन्, ‘आफ्नै माटोमा मर्न पाऊँ सरकार’

सीमामा रोकिएका नेपाली भन्छन्, ‘आफ्नै माटोमा मर्न पाऊँ सरकार’

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम ।

गरिबीका कारण रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन खोज्दा नेपाल सरकारले रोकेपछि सीमा नाकामा उनीहरूको बिजोग भएको छ। ‘भारतको गाँसभन्दा आफ्नो मुलुकको माटो प्यारो, सरकार हामीमाथि अत्याचार नगर। हामीलाई नेपाल लैजाऊ। हामी तिमीले जहाँ राख्छौ त्यहाँ १४ दिन क्‍वारेन्टाइन बस्न तयार छौं’, दार्चुलाको मार्मा गाउँपालिकाका धनजित महताले भने, ‘यो चिसो स्टेडियमको सिमेन्टको भुइँले शरीर सुन्निन थालेको छ।’

उनी भारतको धार्चुलास्थित मिनी स्टेडियमको हलमा बसिरहेका छन्। भारतीय पक्षले खानाको व्यवस्था गरे पनि अरू व्यवस्थापन नभएको उनले सुनाए । ‘कोठामा सुत्न कुनै साधन छैन। पिफम किन्न बजारमा पाउँदैन’, उनले भने, ‘एकै हलमा सयौं जना बस्नुपरेकाले कसैलाई कोरोना भए पनि सहजै अरूलाई सर्ने डर छ।’

क्‍वारेन्टाइनमा कम्तीमा डेढ मिटर दूरीमा बस्नुपर्ने भए पनि धार्चुलामा त्यसको मतलब नभएको दार्चुला मालिकार्जुन गाउँपालिका–२ का चन्द्रसिंह धामीले बताए । ‘अरू देशले जहाज चार्टर्ड गरेर आफ्ना नागरिकलाई लगिरहेका छन् । हाम्राले पनि चीनबाट जहाजमा ठूलाबडाका छोराछोरी ल्याएकै हो’, उनले भने, ‘हामी मजदुरी गर्ने भएकाले हामीलाई कारागारमा राखेझैं गरेको छ।’

सरकारले गरेको क्‍वारेन्टाइनमा बस्न तयार रहेको तर आफ्नै माटोमा फर्किन दिनुपर्ने उनीहरूको माग छ। ‘धेरै नेपाली सडक किनारमै सुत्न बाध्य छन् । अधिकांश एक सातादेखि भोका छन्। बाहिर बजारमा गएर कहीं कतै किनेर खाऊँ भने पनि बजार बन्द छ’, भारतको क्‍वारेन्टाइनमा रहेका अपिहिमाल गाउँपालिकाका दिलेन्द्र महताले भने, ‘चिसो भुइँमा सुतेका र खुला आकाशमुनि भोकै सुतेकाहरू बिरामी हुन थालेका छन्।’

दार्चुलापारि धार्चुलाका चार र जौलजीबी गरी पाँच ठाउँमा १ हजार १ सय ७० जना नेपाली चिसो भुइँमा बस्न बाध्य छन्। धार्चुलाको मिनी स्टेडियम, बालुवाकोटमा रहेको जीआईसी कलेज भवन, गलातीस्थित फायर ब्रिगेडको नयाँ भवन, महाकाली नदी किनारस्थित गौशाला र जौलजीबी क्षेत्रको रामलीला मैदानमा नेपालीको व्यवस्थापन गरिएको भारतका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले बताए। अन्नपूर्णबाट

Skip This
Skip This
Logo