काठमाडौँ ।
अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपाली गायक दिवेश पोखरेलको चर्चा चुलिएको छ ।
अमेरिकन आइडलमा आइतबार उनले दिएको प्रस्तुतीले निर्णायकहरुको मन जितेको हो । उनले अडिसनमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाएका थिए ।
अमेरिकन आइडलका निर्णायक लुक ब्रायनले पोखरेललाई आइडलकै ठूला स्टार भन्दै प्रशंसा गरेका छन् । अर्की निर्णयक केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिइन् । गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर शुभकामना दिए । उनको प्रस्तुती हेरेपछि तीनै जना निर्णायकले बजर दबाउँदै ‘यू आर गोइङ्ग टु हलिउड’ भन्दै टिप्पणी गरे ।
उनको यो प्रस्तुती यो समाचार तयार पार्दासम्म ७५ हजार भन्दा बढी पटक हेरिएका छन् । उनको युट्युब भिडियोमा प्रतिक्रिया दिनेहरुले प्रस्तुतीको तारिफ गर्दै शुभकामना दिएका छन् । उनी अमेरिकन आइडलको १८ औं श्रृंखलाका लागि शीर्ष २० मा पुगेका थिए ।
सन् २०१३ देखि अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । उनले युट्युब प्लेटफर्ममा ‘अर्थर गन’को नाममा अङ्ग्रेजी र नेपाली गीत अपलोड गर्ने गरेका छन् । उनले न्यानो घर, समुन्द्र पारी, कर्णाली, मन, प्रलय ए, प्रलय बी लगायतका गीत गाएका छन् ।
दिवेशले आप्mनो परिचयात्मक भिडियोमा नेपाल साँच्चिकै सुन्दर देश भएकोे र सबै मानिस निकै मिलनसार बताएका छन् । २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । नेपालमा प्लस टु पास गरेपछि उनी अमेरिका गएका हुन् । उनले अमेरिकन आइडलमा प्रस्तुती दिन पाउनुलाई ‘ग्रेट डिल’ भनेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला





























प्रतिक्रिया