नेपाल भ्रमण वर्षको जेनेभामा प्रवर्धन

नेपाल भ्रमण वर्षको जेनेभामा प्रवर्धन

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा नेपालको सकारात्मक छवि प्रस्तुत गर्न हालै जेनेभामा ‘नेपाल भ्रमण वर्ष २०२०ः नेपाल–स्वीट्जरल्याण्ड दिगो पर्यटन प्रवर्धन’ शीर्षकमा छलफल आयोजना गरियो ।

स्वीस विकास सहयोग नियोग, परराष्ट्र मन्त्रालयको सङ्घीय विभाग तथा नेपालको विकासका साझेदार संस्था, गैरआवासीय नेपाली सङ्गठन, स्वीस विद्वतवर्ग लगायत १०० जनाको उपस्थितिमा भएको उक्त कार्यक्रममा सगरमाथा आरोहण गरेका र स्वीट्जरल्याण्डमा ‘झिल्के दाइ’का उपनामले चिनिने क्लाउडियो पेरुयाचिनीले सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका हिमालय आरोहण गरेको स्मरण सुनाउँदै एक पटक नेपाल भ्रमण गर्नै पर्ने उत्प्रेरणात्मक अभिव्यक्ति दिएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

त्यस अवसरमा जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरुका लागि स्थायी नेपाली प्रतिनिधि मणिप्रसाद भट्टराईले जैविक, सांस्कृतिक, धार्मिक, विविधतायुक्त हिमालयको काखमा अवस्थित नेपाल भ्रमण गरेर जीवनभर भुल्न नसकिने अनुभूत गर्न आग्रह गरेका थिए ।

Logo